काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न यी प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार र सुदृढ गरिने बताएका हुन्। विदेशी विद्यार्थी समेतलाई पढाउनेगरी सक्षम बनाउने उनले बताएका हुन्।
सरकारले यस कदमबाट नेपालमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन हुने, उच्चस्तरीय चिकित्सा शिक्षा तथा उपचार सेवा विस्तार हुने विश्वास लिएको जनाएको छ। साथै, अध्ययन र उपचारका लागि विदेशिने प्रवृत्ति घटाउन समेत यस योजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।