काठमाडौं । ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनका लागि मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै ५ छक्का र ५ चौका प्रहार गरे। जारी संस्करणको एनपीएलमा यो पहिलो अर्धशतक हो।
मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए। विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए।
विकेटकिपर ब्याटर अर्जुन साउद पनि लामो समय क्रिजमा टिक्न सकेनन्। उनी ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए। ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजको बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले उनको क्याच लिएका थिए।
१३औँ ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलमा आउट भएपछि चितवनको ब्याटिङको जिम्मेवारी कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले। दुवैले आक्रामक तथा संयमित ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए।
बोपारा र मोस्लीले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। बोपारा ३२ रन र मोस्ली २९ रनमा अविजित रहे। उनीहरूको साझेदारीका कारण चितवनले अन्तिम ओभरसम्म थप विकेट नगुमाई १५७ रन बनाउन सफल भयो।
चितवन राइनोज कसको स्वामित्वमा छ?
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको फ्रेन्चाइज क्रिकेट टोली हो। चितवन मेडिकल कलेजले सन् २०२४ सेप्टेम्बर ५ मा भएको अक्सनमार्फत १ करोड ७६ लाख १ हजार रुपैयाँमा चितवन फ्रेन्चाइजको स्वामित्व प्राप्त गरेको थियो।
टोलीले चितवनको प्राकृतिक पहिचान झल्काउने गरी एकसिङ्गे गैँडालाई आफ्नो मस्कट बनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पाइने गैँडालाई टोलीको लोगोमा पनि समावेश गरिएको छ। टोलीको जर्सीमा खरानी रङलाई प्राथमिकता दिँदै सुन्तला र कालो रङको संयोजन गरिएको छ।
टोलीको पहिचानलाई थप स्थापित गर्न ‘खेल्दैछ गैँडा!’ शीर्षकको गीतसमेत तयार गरिएको छ। गीतमा नेपालको मेटल ब्यान्ड द स्याडोजका गायक स्वप्निल शर्मा र रोहित शाक्यको संगीत संयोजन रहेको छ।
चितवन राइनोजका खेलाडी
एनपीएलको दोस्रो संस्करणका लागि सार्वजनिक गरिएको चितवन राइनोजको खेलाडी सूचीमा नेपाली तथा विदेशी खेलाडी समावेश छन्। टोलीमा अलराउन्डर, ब्याटर, बलर र विकेटकिपर ब्याटरको संयोजन रहेको छ।
प्रमुख खेलाडीहरू:
कुशल मल्ल — कप्तान तथा अलराउन्डर
डाविड मलान — ब्याटर
रवि बोपारा — अलराउन्डर
सोहेल तनवीर — बलर
साइफ जैब — अलराउन्डर
रिजन ढकाल — बलर
देव खनाल — ब्याटर
बिपिन रावल — ब्याटर
रञ्जित कुमार — बलर
दीपक बोहोरा — ब्याटर
अर्जुन साउद — विकेटकिपर ब्याटर
कमलसिंह ऐरी — बलर
गौतम केसी — बलर
बिपिन आचार्य — अलराउन्डर
सौगात ढकाल — बलर
अल्पेश रामजानी — अलराउन्डर
अमर सिंह रौतेला — अलराउन्डर