मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक ३, २०८३
Tue, Oct 20, 2026
मंगलबार, कात्तिक ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
आत्मा के हो र के यो अमर छ? वरिष्ठ न्यूरोसर्जनको अप्रत्याशित जवाफ
वास्तवमा आत्मा के हो त? यो पदार्थ र स्पिरिट (Spirit) को एउटा अद्भुत मिश्रण जस्तो हो। यसले ज्ञान राख्छ, यसले प्रेम गर्छ र यसले हामीलाई जीवित राख्छ। यसको कुनै भौतिक टुक्रा हुँदैनन्; मस्तिष्कलाई बीचबाट काट्दा पनि आत्मा काटिँदैन। यसको कुनै निश्चित भौतिक स्थान हुँदैन र यो समयको बन्धनमा पनि हुँदैन। यो शरीरको मृत्यु पछि पनि अस्तित्वमा रहिरहन्छ।
आइतबार, असार ७, २०८३
नयाँ मोडमा चिकित्सक संघ: विरासतको रक्षा र समयको पदचाप
यति मात्र होइन, नेपाल चिकित्सक संघ स्वास्थ्य क्षेत्रका सम्पूर्ण पेशागत संघसंस्थाहरुको पनि आशा र भरोसाको संस्था हो। त्यसकारण संघले स्वास्थ्यका सबै समूह र क्षेत्रका लागि पनि काम अगाडि बढाउनै पर्छ। संघ स्वास्थ्य मन्त्रालयको मात्र नभइ देशकै स्वास्थ्य प्रणाली सुधारको थिंक ट्यांक भएकाले त्यही अनुसार आफ्नो गति बढाउनुपर्छ।
शुक्रबार, असार ५, २०८३
नयाँ आउने नेतृत्वसँग त्रि. वि. शिक्षण अस्पतालका अपेक्षा
स्मार्ट र प्रविधिमैत्री प्रशासनको अभाव: प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रविधिमैत्री र चुस्त नहुँदा अस्पताल व्यवस्थापन आधुनिक बन्न सकेको छैन। अर्कोतर्फ, विश्वविद्यालयका अन्य संकाय वा निकायका अस्वस्थ वा अक्षम कर्मचारीहरूलाई अस्पतालमा सरुवा गर्ने प्रवृत्तिले सेवा प्रवाहमा गम्भीर असर पुगेको छ। एक हिसाबले अस्पताल 'डम्पिङ साइट' बन्न पुगेको छ।
शुक्रबार, असार ५, २०८३
नेपाल चिकित्सक संघमा जुनियर डक्टर्स कमिटी: समयको अपरिहार्यता र बलियो इन्जिन
युवा चिकित्सकहरूको आर्थिक सुरक्षा, मानसिक स्वास्थ्यको रक्षा र कार्यस्थलको ग्यारेन्टी गर्दै उनीहरूलाई ‘चिकित्सा क्षेत्रमा युवा सहभागिता’ र प्रविधिको मूलधारमा समाहित गर्नु आजको बदलिँदो समयको अपरिहार्य माग हो। हामी युवाहरू नै भोलिको स्वास्थ्य प्रणालीका संवाहक हौँ, त्यसैले हाम्रो ऊर्जा र दृष्टिकोणले नै नेपालको चिकित्सा क्षेत्रको उज्ज्वल भविष्य कोर्नेछ।
मंगलबार, असार २, २०८३
किन बढ्दैछ नेपालमा थायराइड क्यान्सरका बिरामीहरू?
नेपालमा थाइराइड क्यान्सर बढ्नुको एउटा सकारात्मक पाटो भनेको रोगको समयमै पहिचान हुनु हो। थाइराइड क्यान्सरको बेलैमा सही उपचार गरेमा ९५% भन्दा बढी बिरामीहरू पूर्ण रूपमा निको हुन्छन्। त्यसैले घाँटीमा कुनै पनि प्रकारको गिर्खा वा गाँठो देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श गर्नु नै यसबाट बच्ने उत्तम उपाय हो।
मंगलबार, असार २, २०८३
मधेश प्रदेशमा औषधि प्रतिरोधी क्षयरोग: बढ्दो चुनौती र नियन्त्रणको आवश्यकता
यस्ता चुनौतीहरूको समाधानका लागि सक्रिय बिरामी खोजखोजपडताल कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ। उच्च जोखिम समूहमा नियमित स्क्रिनिङ, आधुनिक निदान सेवाको पहुँच विस्तार, समुदायस्तरमा स्वास्थ्य शिक्षा, बिरामी परामर्श तथा उपचार अनुगमनलाई सुदृढ बनाउनुपर्छ। साथै स्थानीय सरकार, स्वास्थ्य संस्था, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउन आवश्यक छ।
मंगलबार, असार २, २०८३
चिकित्सा पत्रकारिता : विज्ञान, समाज र नैतिकताको संगम
दार्शनिक रूपमा हेर्दा पत्रकारिता ऐना जस्तै हुनुपर्छ। ऐनाले अनुहारलाई न त अत्यधिक सुन्दर बनाउँछ, न त अनावश्यक रूपमा कुरूप देखाउँछ। उसले यथार्थ देखाउँछ। चिकित्सा पत्रकारिताको पनि यही धर्म हो-न चिकित्सकलाई देवता बनाउने, न राक्षस। न अस्पताललाई पूर्ण रूपमा निर्दोष देखाउने, न हरेक घटनाको दोषी घोषणा गर्ने। सत्य प्रायः यी दुई अतिवादहरूको बीचमा हुन्छ।
सोमबार, असार १, २०८३
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
भारतले थोक मूल्य सूचकांक आधारित वार्षिक समायोजन मोडेल अपनाएको छ भने विकसित देशहरूले लागत, प्रभावकारिता र सार्वजनिक हितलाई आधार बनाएका छन्। नेपालले पनि स्पष्ट कानुनी व्यवस्था, स्वतन्त्र मूल्य समीक्षा संयन्त्र र उपभोक्ता संरक्षणसहितको औषधि मूल्य समायोजन नीति अवलम्बन गर्नु समयको आवश्यकता देखिन्छ।
शुक्रबार, जेठ २९, २०८३
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
अन्ततः स्वास्थ्य सेवा कुनै राजनीतिक युद्धभूमि होइन। यो मानव जीवन, सुरक्षा र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील र पवित्र क्षेत्र हो। यहाँ डर, दबाब, भीडतन्त्र र अनावश्यक हस्तक्षेप होइन; सहकार्य, सम्मान, उत्तरदायित्व र कानुनी शासन आवश्यक हुन्छ। निजी स्वास्थ्य क्षेत्रका योगदानलाई सम्मान गर्दै कमजोरी सुधार्ने संस्कार विकास गर्न सकिएमा मात्र नेपालको स्वास्थ्य प्रणाली वास्तवमै जनमुखी, सुरक्षित, गुणस्तरीय र दिगो बन्न सक्छ।
बिहीबार, जेठ २८, २०८३
'नुनमा आयोडिन' कि 'आयोडिनमा नुन'?
कतिपय वरिष्ठ इन्डोक्राइनोलोजिस्टहरूले नुनमा आयोडिनको मात्रा घटाउनुपर्छ भनिरहेका छन्। कतै अत्यधिक आयोडिन सेवनले थाइराइडको समस्या त बढाइरहेको छैन? जनस्वास्थ्यविद्हरूले शंका र खबरदारी गरिरहेका छन्। सरकारी विज्ञहरूको टोलीले 'आयोडिनको मात्रा घटाउनुपर्छ' भन्ने लिखित सुझाव पनि दिएको सुनिन्छ।
सोमबार, जेठ २५, २०८३
ओरालो लाग्दै वृद्धि अनुगमन तथा प्रवर्द्धन कार्यक्रम
विशेष गरेर राष्ट्रिय पोषण कार्यक्रमले तोकेबमोजिम दुई वर्षको अवधिमा २४ पटक आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामा लैजाने दर अत्यन्तै न्यून रहेको पाइन्छ। वृद्धि अनुगमन तथा प्रवर्द्धन सेवाको प्रतिफल यसको प्रभावकारी तथा गुणस्तरीय उपयोगमा निर्भर गर्दछ। तसर्थ, वृद्धि अनुगमन तथा प्रवर्द्धन सेवालाई सुदृढीकरण गर्नका लागि यस सेवासँग सम्बन्धित समस्या तथा चुनौतीहरूको पहिचान गरी सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ।
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?
स्वास्थ्य बीमा कार्यक्रम नेपालको स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्ड हो। यसको प्रभावकारिता वृद्धि गर्न सेवालाई नागरिकको घरदैलोमै पुर्याउनु आवश्यक छ। त्यसैले प्रत्येक पालिका/स्थानीय तहमा स्वास्थ्य बीमा बोर्डको शाखा स्थापना गरी प्रशिक्षित स्वास्थ्य कर्मचारी खटाउने व्यवस्था आजको मुख्य आवश्यकता हो।
बिहीबार, जेठ २१, २०८३
कागलाई बेल पाक्यो, हर्ष न विस्मात: बजेटले थलेको नेपाली औषधि उद्योग
वर्तमान बजेट र नीतिहरूले यो सम्भावनाको ढोका बन्द गरिदिएका छन्। 'नयाँले नयाँ नै गरेको छ' भनेर गफ दिनु र भित्री रूपमा उद्योगमैत्री वातावरणलाई ध्वस्त पार्नु देशको अर्थतन्त्रका लागि घातक छ। राज्यको यो अदूरदर्शी नीतिका कारण नेपाली औषधि उद्योगका लागि यो बजेट साँच्चै नै 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' साबित भएको छ। बेल पाकेर कागलाई कुनै फाइदा नभए झैँ, अर्बौँको बजेट आउँदा पनि स्वदेशी औषधि उद्योगले केवल उपेक्षा र थप करको भार मात्र पाएका छन्। सरकारले बेलैमा यो अव्यावहारिक नीति र कर प्रणालीमा सुधार नगर्ने हो भने स्वदेशी उद्योगहरू सदाका लागि बन्द हुनेछन् र देश पूर्ण रूपमा विदेशी औषधिको भर पर्नुपर्ने अवस्था आउनेछ।
बुधबार, जेठ २०, २०८३
लिलामको झमेलाले अस्पताल बने कवाडी गोदाम!
गुजुल्टिएका विद्यमान नियमले सहजीकरण नगर्दा काम फत्ते गर्न नसकिने अवस्था भयो। नियमनकारी निकायका पदाधिकारीहरू व्यावहारिक धरातल बुझ्न तयार देखिँदैनन्। वर्षौँ अगाडिको प्रतिवेदन अहिलेका कर्मचारीले कुन आधारमा दिने? लिलाम नगरेको भन्दै कुन–कुन अधिकारी र कर्मचारीलाई कारबाही गर्ने अब?
मंगलबार, जेठ १९, २०८३
स्वास्थ्यमा 'असंवेदनशील' अर्थमन्त्री : 'बजेट' नभई 'भाषण' विनियोजन
अहिले सरकारसँग दुई तिहाइ बहुमत र एकीकृत राजनीतिक शक्ति भए पनि स्वास्थ्य सुधारका लागि आवश्यक इच्छाशक्ति बजेटमै स्पष्ट रूपमा देखिँदैन। 'स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने' भन्ने भाषणले मात्रै प्रणाली परिवर्तन सम्भव हुँदैन। नेपाली उखान छ- कुराले च्युरा भिज्दैन।
सोमबार, जेठ १८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको भविष्य कुन दिशातर्फ ?
नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको स्थापना एउटै उद्देश्यले भएको होइन। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ग्रामीण तथा सामुदायिक स्वास्थ्य प्रणालीलाई केन्द्रमा राखी स्थापना भएको हो भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि मूलतः ग्रामीण स्वास्थ्य सेवा, समुदायमा आधारित चिकित्सा शिक्षा तथा जनस्वास्थ्य अभिमुख उद्देश्य बोकेर स्थापना गरिएको संस्था हो। यो प्रतिष्ठानको भौतिक स्थापना काठमाडौंमा भए पनि यसको शैक्षिक दर्शन ग्रामीण तथा उपेक्षित समुदायसम्म गुणस्तरीय सेवा र दक्ष स्वास्थ्य जनशक्ति पुर्याउने अवधारणालाई सम्बोधन गर्दै निरन्तरता कायम राखिरहेको छ।
शनिबार, जेठ १६, २०८३
दण्डहीनताको चक्रमा अस्पताल र स्वास्थ्यकर्मी
स्वास्थ्यकर्मीलाई शत्रुको रूपमा होइन, समाज र नागरिकका रक्षकका रूपमा हेर्नुपर्ने समय आएको छ। स्वास्थ्यकर्मीलाई भयमुक्त वातावरणमा काम गर्न दिनु राज्य, राजनीतिक दल, स्थानीय प्रशासन र आम नागरिक सबैको साझा दायित्व हो। अन्यथा, दुर्व्यवहार र दण्डहीनताको यही चक्रले एक दिन दक्ष डाक्टर र नर्सहरूलाई विदेशिन बाध्य बनाउनेछ, जसको असर केवल अस्पतालमा मात्र होइन, सम्पूर्ण सार्वजनिक स्वास्थ्य प्रणालीमा पर्नेछ।
बिहीबार, जेठ १४, २०८३
अस्पतालमा एमआर भिजिट प्रतिबन्ध: १० हजार बढी युवाको भविष्य र राष्ट्रिय संकटको पदचाप
अस्पतालहरूमा बिरामीको चाप र सेवा प्रवाहलाई व्यवस्थित गर्नु व्यवस्थापनको दायित्व हो, तर त्यसको समाधान एमआरहरूलाई प्रतिबन्ध लगाउनु कदापि होइन। समस्या प्रविधि र व्यवस्थापनको अभावमा छ, एमआरको उपस्थितिले गर्दा होइन।
मंगलबार, जेठ १२, २०८३
चिकित्सकको व्यथा, बालेन सरकारलाई के थाहा?
राजाको प्रत्यक्ष शासन, बहुदल र गणतन्त्रमा समेत खुलेर बोल्ने अवस्था थियो। तर, अहिले बालेन-रास्वपा सरकार र निजहरूका उग्र समर्थकको आक्रमणको डरले कोही बोल्न सकेको छैन। हजारौँ चिकित्सक सरकारको कदमबाट मानसिक पीडा र निराशा पालेर हिँड्न बाध्य छन्।
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यकर्मीको लागि: कानून छ, न्याय छैन
अचम्मको कुरा के छ भने जब कुनै जटिलताले बिरामीको ज्यान जान्छ, भीडले स्वास्थ्यकर्मीलाई नै दोषी करार गर्छ। नेपाल मेडिकल काउन्सिलमा लापरवाही सम्बन्धी स्पष्ट व्यवस्था भए पनि अस्पतालमा गाली र बेइज्जती सहन बाध्य हुनुपर्छ। नेपालमा दर्ता चिकित्सकहरूमा गरिएको अध्ययनमा ४७ प्रतिशतले कुनै न कुनै प्रकारको कार्यस्थल हिंसा अनुभव गरेका छन्। ८१ प्रतिशत शारीरिक हिंसा र ६८ प्रतिशत मौखिक दुर्व्यवहारका घटनामा बिरामीका आफन्त नै दोषी देखिएका थिए। तर शारीरिक हिंसा पीडितमध्ये केवल २३ प्रतिशत र मौखिक दुर्व्यवहार पीडितमध्ये केवल ७ प्रतिशत केसमा मात्र कारवाही भएको थियो।
मंगलबार, जेठ १२, २०८३
कान्ति बाल अस्पतालले सञ्चालनमा ल्याएको 'सीपीआरआर' आधारित प्रयोगशाला प्रणाली के हो?
अस्पतालको प्रयोगशालामा केही समयदेखि विभिन्न चुनौतीहरू देखिएका थिए। परीक्षण प्रतिवेदनहरू अपेक्षित नतिजासँग नमिल्दा रिपोर्टहरूको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको थियो। कतिपय अवस्थामा रिपोर्टका कारण शल्यक्रियात्मक प्रक्रिया समेत स्थगित गर्नुपरेको थियो।
शुक्रबार, जेठ ८, २०८३
जेनेरिक औषधीः खेला के हो? कसको हो?
साँच्चै यो खेला के हो, कसो हो, चमत्कार नै हो वा चतुरलिङ्गमको कमजोर ज्ञानः मलाई पनि यसो जान्न मन लाग्यो। नितान्त फरक क्षेत्रको भए पनि विगतका सरकारका चमत्कारी कुराबारे चासो राखेर प्रश्न गरेको अनुभवले मलाई यो त केही हदसम्म आफ्नै विषयभित्र पर्ने कुराहरूबारे साँच्चै यो के ‘गोरखधन्दा’ हो र जेनेरिक प्रेस्क्रिप्सनको सुरुङको उतापट्टि सोचेजस्तै उज्यालो छ कि के छ भनेर अलिकति बताइदिनु पर्ने लाग्यो। हुन त अहिले जमाना बदलिएकाले अलिक डर चैँ लागेकै छ।
बिहीबार, जेठ ७, २०८३
काठमाडौं उपत्यकाको धुवाँ, दोष भक्तपुरलाई !
काठमाडौं उपत्यकाको प्रदूषणलाई इट्टा भट्टासँग मात्र जोडेर हेर्नु आत्मरति मात्र हो। साँच्चै स्वच्छ उपत्यका बनाउने हो भने पुराना सवारीसाधन हटाउनुपर्यो, सडक व्यवस्थापन सुधार गर्नुपर्यो, निर्माण क्षेत्रलाई व्यवस्थित गर्नुपर्यो र फोहोर व्यवस्थापन कडा बनाउनुपर्यो। तर यहाँ राजनीतिक इच्छाशक्ति कम देखिन्छ। कारण, जिम्मेवारी धेरै बाँडिन्छ, अनि एउटा जिल्ला र उद्योगलाई दोष दिएर आफू चोखिने परम्परालाई निरन्तरता दिइन्छ।
सोमबार, जेठ ४, २०८३
आउन नै कठिन, आएपछि पनि पर्खनुपर्ने: इमर्जेन्सी विभागको भित्री यथार्थ
इमर्जेन्सी कुनै साधारण प्रतीक्षालय होइन, त्यो त जीवनले जीवनसँग लड्ने मैदान हो। त्यहाँ प्रत्येक सेकेन्ड अमूल्य हुन्छ, प्रत्येक निर्णयको अर्थ हुन्छ, र प्रत्येक मौनताभित्र पनि एउटा कहानी लुकेको हुन्छ। त्यसैले अर्को पटक तपाईं इमर्जेन्सीको कुर्सीमा बसिरहनुभएको छ भने, सम्झनुहोस्- भित्र कसैको जीवन बचाउन कोही जाग्राम छ। आज त्यो अरू हुन सक्छ, भोलि तपाईं स्वयं हुन सक्नुहुन्छ।
आइतबार, जेठ ३, २०८३
नेपालमा स्वास्थ्य सेवाको कायापलट: आयमा आधारित निःशुल्क र न्यायोचित उपचार प्रणालीको मार्गचित्र
अब नेपाल सरकारले डिजिटल प्रणालीको जगमा उभिएर आयमा आधारित स्वास्थ्य सुरक्षा नीति लागू गर्नैपर्छ। स्वास्थ्य सेवा परिवर्तनका लागि अब ढिलाइ नगरी यस्तो साहसी नीति लागू गर्नुको विकल्प छैन। धनी वर्गबाट सङ्कलित राजस्व र शुल्कलाई गरिबको निःशुल्क उपचारमा उपयोग गर्ने यो न्यायोचित मोडल नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई वास्तविक 'कल्याणकारी राज्य' बनाउने सबैभन्दा उत्तम र भरपर्दो मार्गचित्र हो।
आइतबार, जेठ ३, २०८३
नेपालमा जनस्वास्थ्य शिक्षाको पुनर्कल्पना: अनुभव, चुनौती र अबको बाटो
नेपालमा अर्को गम्भीर समस्या भनेको शिक्षकहरूको विषयगत दक्षता र उनीहरूले पढाउने विषयबीचको असन्तुलन हो। जनस्वास्थ्य बहुविषयगत क्षेत्र भएकाले प्रत्येक विषयमा गहिरो ज्ञान आवश्यक हुन्छ। तर जब सम्बन्धित अनुभव नभएका शिक्षकहरूले पढाउँछन्, सिकाइको गुणस्तर प्रभावित हुन्छ। यसको समाधानका लागि शिक्षकहरूलाई बेला-बेलामा तालिम दिने, अनलाइन मोड्युलबाट क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य बढाउने र आवश्यकता अनुसार योग्य व्यक्तिहरू नियुक्त गर्ने व्यवस्था गर्नुपर्छ।
आइतबार, जेठ ३, २०८३
स्वास्थ्यका लागि हानिकारक वस्तुमा ‘पापकर’ बढाउनुपर्ने कारणहरू
विकसित मुलुकहरूमा अन्तःशुल्क (Excise Tax) लाई 'सिन ट्याक्स' (Sin Tax) अर्थात् ‘पापकर’ नामले बुझाइन्छ र उच्च दरमा लगाइन्छ। छिमेकी मुलुकहरूमा पनि यी वस्तुमा अन्तःशुल्क उच्च छ। त्यसैले नेपालमा यी वस्तुहरूमा उच्च दरले ‘पापकर’ लगाउनुपर्छ भन्न खोजिएको हो। नेपालमा यी वस्तुहरूमा लाग्दै आएको अन्तःशुल्कको दर कम भएकोले बढाएर सरकारले राजस्वको कमीलाई पूर्ति गरोस् भनेर सुझाव गरिएको हो।
शुक्रबार, जेठ १, २०८३
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
डिस्चार्ज हुँदा घर नजिकको हेल्थ पोस्टमा डिस्चार्ज पेपरसहित उहाँको जानकारी पुग्ने, बाआमाको स्वास्थ्यको ख्याल राख्ने, जस्तै सामान्य स्वास्थ्य जाँच गर्ने, केही समस्या भए मात्र अस्पताल पठाउने, नत्र सामान्य समस्या त्यहीँ उपचार गर्ने, थप सल्लाह चाहियो भने अस्पतालका विशेषज्ञ डाक्टरलाई सम्पर्क गर्ने, एक हप्तामा ब्लड टेस्ट रिपिट गराउने र आवश्यक भएमा मात्र अस्पताल पठाउने व्यवस्थासहितको प्रणाली भएको भए कति सहज हुने थियो।
बिहीबार, वैशाख ३१, २०८३
आगामी बजेटका लागि स्वास्थ्य क्षेत्र सम्बन्धी नीतिगत तथा संरचनागत सुझाव
नेपालमा स्वास्थ्य क्षेत्र सुधारको आवश्यकता अत्यन्त व्यापक भए पनि देशको सीमित आर्थिक क्षमता, न्यून राजस्व आधार, बढ्दो स्वास्थ्य सेवा खर्च तथा सीमित बजेट विनियोजन क्षमतालाई ध्यानमा राख्दै आगामी स्वास्थ्य बजेट अत्यन्त मितव्ययी, एकीकृत र दीर्घकालीन रूपमा दिगो हुन आवश्यक छ।
बिहीबार, वैशाख ३१, २०८३
छाता प्रतिष्ठान ऐन: एक गहन शल्यक्रिया र समाधानको मार्गचित्र
त्यसैले नेपालको संविधान, हामीले अङ्गीकार गरेको 'बहुलवाद' को अवधारणा, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता प्रतिष्ठानको विशिष्ट ऐतिहासिक योगदान तथा तिनको पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा रहेको आफ्नै मौलिकता अनि स्थापित वैज्ञानिक तथ्यहरू समेतको आधारमा हाल चर्चामा रहेको 'छाता प्रतिष्ठान ऐन' पूर्णतः अवैज्ञानिक र गलत रहेको ठहर हुन्छ।
बिहीबार, वैशाख ३१, २०८३
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
७ मिनेट अगाडि
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search