Swasthya Khabarpatrika
नारायण अधिकारी
भाइबरमा ग्रुपच्याट बनाएर नर्सिङ लाइसेन्सको प्रश्नपत्र आउट, उत्तर आएपछि कापीमा सारेर नर्स हुने दाउनेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा १२ जना विरुद्ध मुद्दा चलाइएको छ। काउन्सिलले असार २३ गते लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको पोखरा महानरपालिका–२५ घर भएकी २० वर्षीया समीक्षा थापा, पोखरा–१६ कै २० वर्षीया भावना गुरुङ पक्राउ परेका थिए। बिहीबार, साउन १८, २०८०
ताजा समाचारसबै
सबै हेर्नुहोस
अन्तर्वार्तासबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस