– फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउँनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ ।
– हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ ।
– राती सुत्नुअघि कुनै राम्रो गुणस्तरको मोश्चराइजर लगाउँनुस् । दिनमा कम्तीमा पनि चारपटक मोश्चराइज क्रिम प्रयोग गर्नुपर्छ ।
– जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउँन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।
– ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई एउटा बोत्तलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हात पूरानै स्थितिमा फर्कनेछ ।
– हात धुन मोश्चराइजयुक्त साबुन प्रयोग गर्नुस्, जसबाट हात सुख्खा हुन र फाट्न पाउँदैंन । साबुन किन्नुपूर्व त्यसमा ओलिभ आयल प्रयोग गरे नगरेको ख्याल गर्नुस् ।
– दिनभरमा आठदेखि दश गिलास पानी पिउँनुस् । यसबाट छाला नरम हुनेछ र हात फुट्ने समस्या पनि रहनेछैन । बडीलोशन या कुनै पनि क्रिमले छालालाई नरम बनाँउनेछ । तर, धेरै पानी पिउनाले शरीरलाई भित्रैदेखि नरम बनाउँनेछ ।