अधिकांश महिलाले विचार नै नपुर्याईकन ब्रा किन्ने गर्छन् । ब्राकै कारण शरीरमा असहज भयो भनेर पनि त्यति चासो देखाउँदैनन् वा औषधिउपचार गर्र्र्दैनन् । बरु पीडा सहन्छन् । विज्ञहरुका अनुसार फिटिङ नमिलेको ब्राले महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको हुन्छ । आफूलाई फिट नहुने ब्रा लगाउँदाका बेफाइदा :
यदि तपाईको काँधमा नीलो डाम वा छाला कोतरिएको छ भने निश्चय नै तपार्इंले आफूलाई नमिल्ने ब्रा लगाउनुभएको छ । यस्तो अवस्थामा तपार्इंमा संक्रमण (फन्गल इन्फेक्सन)को खतरा हुन्छ।
स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाइन्छ । फिट नभएको ब्राले तपाईंको स्तनलाई अड्याउँदैन, जसका कारण घाँटी र पछाडिको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ । यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोकिदिनुका साथै साथै तपाईंको घाँटीको मांसपेशीमा बढी भार पर्दा टाउको दुख्ने गर्छ।
नमिलेको वा बढी कसिलो ब्राले छाती वरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्नसमेत कठिनाइ हुन्छ।
कहिलेकाहीँ पाखुरामा पिनले घोचेजस्तो सेदना त महसुस गर्नुभएको छैन ? यदि हो भने यो सबै फिट नभएको ब्राको परिणाम हो।
नमिलेको ब्रा लगाउँदा छातीका दुई ठूला मांसपेशीमा हुने दबाबले रक्तप्रवाहमा समस्या ल्याउँछ।
ब्राले कहिलेकाहीँ तपाईंको शरीरको अवस्था र स्वरुपमा पनि प्रभाव पार्छ । नमिलेको ब्रा लगाउँदा तपाईंको कुम कुप्रो परी शरीरको आकृति नै बिग्रेको देखाउँछ।
सुन्दा अचम्म लाग्न सक्छ तर कतिपय अवस्थामा तपार्इंले लगाएको असन्तुलित ब्राले पेटमा गडबडी हुनुका साथै बारम्बार पेट दुख्ने र पखालासमेत लाग्छ।