मुख्यतया जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा यो समस्या देखिन्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ ।
कार्बन मोनोअक्साइड बिषाक्त रासायनिक ग्यास हो । यसमा कार्वन (सी) र अक्सिजन (ओ) मिसिएको हुन्छ । आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हँुदै जान्छ । अक्सिजन कम हुनेबित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया शुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ । यो ग्याँस हावाभन्दा ३ गुणा हलुको हुन्छ । यसको मुख्य स्रोतहरुमा दाउराको आगो, गाडीको इन्जिन, ग्यास, तेल, कोइला, पेट्रोल, स्टोभ आदि हुन् ।
हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने , छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ । समयमै थाहा नपाए यही कारणले नै मानिसको मृत्यु हुन्छ ।
डा. सूर्य पराजुली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान