पिनास र भ्रम
हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने अचलन छ ।
कतिपय रोगह्रू निश्चित समयपछि आफै निको हुन्छ । विरामीह्रू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ । त्यसले गर्दा अनावश्यक रुपमा धामीझाँक्रीले जस पाइरहेका हुन्छन् । झारफुक गनहरूले पनि पिनास झारेको भनेर विश्वासमा पार्न अनेक काम गर्ने चलन छ । त्यसको कुनै भरपर्दो आधार छैन ।
पिनासका लक्षण
नाक बन्द हुने
टाउको दुख्ने
आँखाको अगाडि र तलको भाग दुख्ने
नाकको छेउछाउमा दुख्ने
बिहानको समयमा टाउको बढी दुख्ने
सुँघ्ने शक्ति कमजोर हुने
नाकबाट सास फेर्न नमिल्ने
कहिलेकाँही नाकबाट रगत मिसिएको सिँगान बग्ने