एजेन्सी – अल्जाइमर रोग अहिले विश्वभर छ । संसारका लाखौं मानिस यस रोगबाट पीडित छन् । विशेषगरी बुढेसकालमा लाग्ने यस रोगले स्मरणशक्तिलाई प्रत्यक्ष अशर गर्छ । एक अध्ययन अनुसार बेलायतमा ८ लाख ५० हजार मानिस यस रोगबाट पीडित छन् ।
अल्जाईमर्स एउटा न्युरोलोजिकल रोग हो, जसले स्मरण लगायत दिमागका विभिन्न कार्यलाई प्रत्यक्ष प्रभाव गर्छ । यसले शारीरिक असर पनि गर्छ । जस्तै बिरामीले खानेकुरा निल्ल सक्दैन् । बिस्तारै बढ्ने यो रोगको लक्षण प्रारम्भिक अवस्थामा पत्ता लगाउन निकै कठिनाई हुन्छ । तपाईको परिबारको सदस्यलाई अल्जाईमर्स रोग लागेको निम्न लक्षणबाट थाहा पाउन सकिन्छ ।
स्मरण शक्ति गुमेर दैनिक जीवन नै प्रभावित हुनु
कुनै कामको योजना बनाउन नसक्नु, समस्या समाधान नहुनु
घरको दैनिक काम गर्न कठिनाई महशुस गर्नु
दुविधा, हुनु र परिचित स्थानमा हराउनु
बारम्बार समस्या देख्नु,
भिजनमा परिवर्तन हुनु
भ्रम र दिवास्वपन देख्नु
बोल्न समस्या हुनु भाषामा कठिनाई हुनु
समाजबाट आफै एक्लिनु र जोश जाँगर नहुनु
थाइरोडको समस्या हुनु