एजेन्सी– सेल्फी लिने र सामाजिक सन्जालमा राख्ने प्रचलन विश्वव्यापी रुपमा बढ्दो छ । आजकाल यो मानिसहरुको दैनिकी नै बढ्दो छ । तर मनोविज्ञहरुले भने एकैदिनमा पटकपटक सेल्फी लिनु मानसिक समस्या हुन सक्ने बताएका छन् । यसलाई उनीहरुले ‘सेल्फी दुव्र्यसन’ भनेका छन् । यद्यपि अमेरिकन साइक्रियाट्रिक एशोसियसनले भने यसलाई मानसिक समस्याको सूचीमा राखेको छैन । तर विज्ञहरु भन्छन्, ‘विश्वमा बढ्दो सेल्फी दुव्र्यसनले मानसिक समस्या सेल्फिटिज निम्त्याउने खतरा छ ।’ भारतमा युवाबीच गरिएको यो अध्ययनबारे इन्टरनेशल जर्नल अफ मेन्टल हेल्थ एण्ड एडिक्सनमा प्रकाशित छ ।
मानिसले पटकपटक सेल्फी लिने र फेसबुक, स्न्यापच्याट, इन्स्टाग्रामजस्ता सामाजिक सन्जालमा अपलोड गर्नुलाई नै सेल्फी दुव्र्यसनका रुपमा लिन सकिने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका मानसिक रोगका प्रोफेसर डा. रमणी दुर्बासुला बताउछिन् । ‘तपाईंको फोटो ५० प्रतिशतभन्दा बढी सेल्फी छ र अझ त्यसमा फिल्टर प्रयोग गर्ने गरिएको छ भने त्यो खतराको लक्षण हो,’ रमणी भन्छिन् ।
उनका अनुसार लामो समय सामाजिक सन्जालमा बस्ने मानिसमा आत्मविश्वासको कमी हुने र कुनै पनि कुरा सामना गर्न नसक्ने हुने कुरा अध्ययनले नै देखाएको छ । यस्ता व्यक्तिमा डिप्रेसन, चिडचिडाहट पनि हुन्छ ।
‘सेल्फिटिज’ बाट बच्न फोनबाट परै बस्ने र सेल्फीमुक्त क्षेत्र सिर्जना गर्नुपर्ने डा. रमणी बताउछिन् ।