जनकपुर- जनकपुर उप-महानगर पालिका - ८ स्थित पगला बाबा धर्मशालामा स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे छ।
प्रेमपूर्ण सानुमैया असहाय सेवा काेष तथा शशी बंशी माेति दत्त सेवा ट्रष्टद्वारा उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी, नशा, मुटु, रगत, नाक कान घाँटी र साधारण स्वास्थ्य जाँच गर्नुका साथै नि:शुल्क औषधी वितरण गरिएकाे छ। त्यसका साथै हाडजोर्नी सम्बन्धि विशेष सुई समेत श्री शशी बंशी माेति दत्त सेवा ट्रष्टका संचालक डा. दीपककुमार दत्तद्वारा नि:शुल्क प्रदान गरिएकाे थियाे।
शिविरमा ४२५ जना बिरामीहरूले स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिएका थिए।
काेषका प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आगामी वर्षदेखि वर्षैनी यस्ताे कार्यक्रम संचालन हुने जानकारी दिए।