नेपालगञ्ज– नेपालगञ्जबाट प्रकाशित हुने समय अधिकार दैनिकका प्रकाशक/सम्पादक रहिस अहमद सिद्धिकी पुनः अस्वस्थ भएका छन्।
उनको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार, पत्रकार सिद्धिकीको कलेजो र मिर्गौलामा खराबी देखिएको छ ।
विगत छ महीनादेखि अस्वस्थ रहँदै आएका उनको भारतको लखनऊ र काठमाडौँको वीर अस्तपालमा उपचार गरिए पनि रोग सञ्चो हुनसकेको छैन । लामो समयको उपचारका कारण पत्रकार सिद्धिकीलाई अहिले आर्थिक सङ्कट परेको छ।
उहाँले आफन्त, इष्टमित्रसँग ऋण सापटी लिएर उपचार गराइरहेका छन्। परिवारका सदस्यका अनुसार उनको उपचारमा दैनिक हजारौं खर्च हुने गरेको छ । यहाँका केही पत्रकार र सामाजिक अभियन्ताले केही समयअघि आर्थिक सहयोग गरेका थिए।
पत्रकार सिद्धिकीको दुई वर्षअघि मुटुको शल्यक्रिया भएको थियो।