रुपन्देही– हर्न बजाउँदा मानव स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै बुटवल तुल्सीपुर र घोराही बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। प्रदेशको राजधानी भएसँगै सवारी साधनको चाप बढेपछि बुटबल उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ को सहकार्यमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ।
बुटवल उपपमहानगरपालिकाको पश्चिम तिनाउ पुलदेखि पूर्वमा रामनगरसम्म तथा उत्तरमा सिद्धबाबादेखि दक्षिणमा योगीकुटीसम्मको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो।
सवारीका साधनबाट वातावरणमा नकारात्मक प्रभाव पर्दै गएपछि बुटवल बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। धेरै मानिसको अवतजावत हुने स्थानमा अनावश्यक हर्न बजाउँदा मानव स्वास्थ्यमा नकारत्मक असर परेको गुनासो भएपछि यो बुटबल क्षेत्र र तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहागनरपालिका लगायत दाङका मुख्य सहरी क्षेत्रलाई हर्न निषेघित क्षेत्र घोषण गरिएको हो।
यातायातको राजधानी मानिने बुटवलमा ३ वटा यातायात व्यवसायी संस्थाबाट करिब ५ हजार मझौला तथा ठूला सवारी साधन सञ्चालनमा छन् भने करिब २ हजार ई–रिक्सा चल्दै आएका छन्।