काठमाडौं- नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ।
स्वास्थ्यमा असहज महसुस गरेका काफ्लेलेलाई बिहीबार ह्याम्स अस्पताल लगिएको थियो। आज बिहानबाट थप समस्या देखिएपछि गंगालाल अस्पलता पुर्याइएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए। उनका अनुसार काफ्ले खतरामुक्त छन्।
उपचाररत काफ्लेलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसी अस्पताल पुगेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।