काठमाडौ- स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको शनिबार टेकुमा भएको अधिवेशनले बद्री बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा हेमन्त शर्मा पौडेल, महासचिवमा सरोज न्यौपाने, सचिवमा नबराज कँडेल र कोषाध्यक्षमा बिजय श्रेष्ठ चयन भएका छन्।
यसैगरी सदस्यहरुमा गणेश श्रीवास्तव, राम श्रेष्ठ, रागिश्री कक्षपति, थलिन्द्र पंगेनी, बिनोद अर्याल र भरत कुँवर निर्वाचित भएका छन्।