काठमाडौं- उपत्यका बाहिर डेन्टल इम्प्लान्ट सम्बन्धी २ दिने तालिम तथा सेमिनार चितवनमा सम्पन्न भएको छ।
साइराम डेन्टल केयर र जेटिके इम्प्लान्ट कम्पनीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
दुई दिनसम्म चलेको उक्त कार्यक्रममा बाङ्लादेश र अमेरिकाबाट आएका प्रोफेसरले इम्प्लान्ट, यसको प्रयोग गर्ने तरिका, प्रयोग गर्नाले बिरामीलाई हुने फाइदा लगायत विविध विषयमा प्रस्तुति दिएका थिए।
सेमिनारको अन्तिम दिन साइराम डेन्टल केयरमा ५ जना बिरामीमा डेन्टल इम्प्लन्ट राख्ने काम भएको छ।
डा. अजय न्यौपाने, डा. प्रणय शाक्य , डॉक्टर फरवर्ड सिलवाल लगायतको टीमबाट भएको सर्जरी त्यहाँ उपस्थित ३० जना जति प्रशिक्षार्थी चिकित्सकले प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गरेका थिए।
सेमिनारमा ३० जना दन्त चिकित्सकले भाग लिएका थिए।