जाजरकोट— छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएपछि संस्थागत सुत्केरी हुनेकाे संख्या बढेकाे छ । साविकका झार्पा, कार्कीगाउँ, पजारु क, ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा सुत्केरी केन्द्र निर्माण गरी सेवा प्रदान गरिँदै आएको छ ।
छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहले चालु आवको चार महिनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई सो सेवा लिएकाे जानकारी दिए । अघिल्लो अावमा सुरक्षित रूपमा सुत्केरी गराउनेको संख्या ११६ थियो ।
सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरुप थप रु एक हजार २०० दिने व्यवस्था गरिएको छ । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई पनि नगरपालिकाले रु २०० उपलब्ध गराउँदै आएको छ ।
विद्यालय, व्यक्तिगत घरमा खोप सेवा उपलब्ध गराउन नयाँ ६ खोपकेन्द्र स्थापना भएसँगै खोप सेवा लिनेको संख्या बढेको छ । कोही बालबालिका खोपबाट नछुटुन् भनेर नगरपालिकामार्फत सो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालबहादुर महतराले बताए ।
छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुन्र । चार सन्तानलाई गोठमै जन्म दिएकी उनले अाफ्नी बुहारीलाई बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसमा ल्याइकी थिइन ।
पहिला घर नजिक सुत्केरी केन्द्र थिएनन् । अहिले घरदेखि दुई घण्टाको दूरीमा अस्पताल छ । उनले भनिन्र,' चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको थियाे । “घरमा सुत्केरी हुँदा धेरै रगत बग्ने गर्दथ्यो, अस्पताल गएपछि सजिलो भयाे ।'