काठमाडौं– जगन्नाथ गाँउपालिका ३ महति बस्ने करन नेपालिको एकहप्ताअघि सिँचाई कुलो मर्मत गर्दा लडेर खुट्टा भाच्चियो । उनलाई आफन्तले बोकेर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र ल्याए । आर्थिक अवस्था निकै कमजोर रहेका करनको परिवारले स्थानीय साहुबाट २० हजार रुपैयाँ मासिक सयकडा ३ प्रतिशतका दरले ब्याज तिर्ने गरी कर्जा लिएको छ ।
उपचार नसकिदै उनले ऋण लिएको पैसा सकियो । पैसा नभएपछि बजारमा राख्ने उपाय लागेन । उनकी श्रीमति पशु नेपालीले आफैँ बोकेर आफन्तको घरमा लैजाने तयारी गरिन्।
घरमा लैजाने क्रममा राति पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले बाटोमा भेटे । उनी र उनका श्रीमान्लाई आफ्नो मोटरबाइकमा राखृर घर पुर्याइदिए।
अँध्यारो रातमा हातमा उज्यालो समेत नभएको अवस्था ती महिला श्रीमान् बोकेर हिँडिरहेको भेटिएपछि उनले उद्धार गरेका थिए । यही क्रममा उनको आर्थिक अवस्था उपचार गराउन नसक्ने रहेको बुझेपछि सहयोग जुटाउन पहल गरे । सिंहले आफ्नो फेसबुक पोष्टमा ती महिलाले बोकेका तस्बिर सहति आर्थिक अवस्थाका बारेमा पोष्ट गरेपछि उनीहरुको ऋण काठमाडांै निवासी फिल्म निर्माता तथा कलाकार अमित ढुङ्गानाले तिरिदिएका छन्।
‘फेसबुक मार्फत् करनको बारेमा जानकारी गरेपछि अमित ढुङ्गानाले पैसा पठाइदिनुभयो । जगन्नाथ गाँउपालिका निमित्त कार्यकारी गोकर्ण रेग्मीमार्पmत् पिडित उक्त रकम हस्तान्तरण गरिएको छ,’ सिंहले भने ।
यसअघि उनले पनि उनकै कारण पाँचजना असहाय बालबालिकाको उद्धार गरी एसोएस वालग्राम काठमाडौंमा छन्।
स्वास्थ्यकर्मी समेत रहेका उनी गाउँमा रिपोर्टिङका लागि जाँदा सामान्य चेकजाँच समेत गर्छन् । पत्रकार महासंघ बाजुराको अध्यक्ष भइसकेपछि उनी सरकारी तथा गैरसरकारी कार्यलयको कार्यक्रम गोष्ठिबाट आउने भत्ता पनि असाहयलाइ हस्तान्तरण गर्दै आएका छन् । भत्ताको रकमबाट १७ हजार असाहय बालबालिका लागि भन्दै बाल कल्याण समिति, ५ हजार क्यान्सर पिडित, ४ हजार भालुको आक्रमण घाइते भएकि बिरामीलाई र १७ हजार २ सय एकल महिलालाई बाख्रा पालनका लागि सहयोग गरिसकेको छन् ।