काठमाडौं- काठमाडौंमा शल्यचिकित्सकहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। शल्यचिकित्सक समाज नेपालले आयोजना गरेको सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ४ सय प्रतिनिधि सहभागी भएका छन्।
सम्मेलनमा १ सय ६० वटा कार्यपत्रमाथि छलफल हुनेछ। शल्यचिकित्सा क्षेत्रमा भएका नयाँ ज्ञान, अनुभव तथा अनुसन्धान आदनप्रदान गर्न सम्मेलन आयोजना गरिएको आयोजकले जनाएका छन्।
सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्ने १६ जना युवा शल्यचिकित्सकलाई बेस्ट पेपर अवार्डद्वारा सम्मानित गरिनेछ भने ३२ शल्यचिकित्सकलाई बेस्ट पोस्टर अवार्ड प्रदान गरिनेछ।
सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी, लिथुवानिया, नेदरल्यान्ड, स्विडेन, बेलायत, अमेरिका लगायतका देशबाट आएका शल्यचिकित्सक सहभागी छन्।