ललितपुर– ‘बिरामी भएपछि हैन, बिरामी नहुनका लागि स्वास्थ परीक्षण गरौं’ भन्ने मुल नाराका साथ सम्झना ल्याबोेरेटरी क्लिनिकको आयोजनामा २० दिने स्वास्थ्य परिक्षण अभियान आइतबार सुरु भएको छ।
आज सम्झना ल्याबोरेटरी परिसरमा ललितपुर महानगरपालिकाकी उप–मेयर गिता सन्त्यालले सो परीक्षणको शुभाराम्भगरिन्।
ल्याबोरेटरीका अध्यक्ष उर्दिप जोशीले स्वास्थ्य सम्बन्धि सोचमा परिवर्तन आवश्यक रहेकोले बिरामी हुनु भन्दा पहिला नै स्वास्थ्य परिक्षण गर्न सन्देश दिनका लागि परीक्षण अभियान सुरु गरेको बताए।
२० दिने अभियानमा ५ हजार जनालाई निशुल्क परिक्षण सेवा दिने सम्झना ल्याबोरेटरीको लक्ष्य रहेको उनले जानकारी दिए।
यो २० दिने अभियानमा सम्झनाले थाइराइड, फंग्सन टेस्ट, ब्लड सुगर, डाइबेटिज आदिको निःशुल्क चेकअप हुनेछ। त्यस्तै होलबडी प्याकेज चेकअपमा पनि ५० प्रतिशत छुट दिने भएको छ।
५ हजार ६ सय पर्ने होलबडी प्याकेज अब यो २० दिन भरी २ हजार ८ सय रुपैयाँमा नै उपल्ब्ध गराउने सम्झनाले जानकारी दिएको छ।
त्यस्तै सम्झनाले ललितपुर महानगरका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, विकलांग, क्यान्सरका विरामी,अंगप्रत्यारोपण र डायलाइसिस विरामीलाई नेपालमा हुने ल्याब परिक्षणमा ५० प्रतिशत छुट दिने जनाएको छ।
वैदेशिक परीक्षणमा १५ प्रतिशत छुट र एक्सरे, एमआरआई, युएसजी, इको आदी परीक्षणमा भने २५ प्रतिशत छुट ल्याबोरेटेरीले दिनेछ ।
ललितपुर वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले सम्झना ल्याब र वडा कार्यालयले आउने दिनमा वडाभित्र टोलटोलमा स्वास्थ्यशिविर सञ्चालनका लागि सहकार्य गर्ने योजना रहेको बताए।