धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित रोट्¥याक्ट क्लब अफ धरान घोपाले ‘परिसर्या ः घरदैलोमा डाक्टर’ कार्यक्रम सुरु गरेको छ।
क्लबले कार्यक्रमको सुरुवात धरान छाताचोकस्थित अपाङ्ग पुनस्र्थापना गृहमा पुगेर त्यहाँ रहेका ३० जना अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो। गृहमा पुगेर क्लबका पूर्व सदस्यहरु डा.विनोद मेहता, डा.विनोद केसरी र डा.मयंकले छाला, दाँत, रक्तचाप लगायतको परिक्षण गरेका थिए।
कार्यक्रमकी प्रमुख संयोजक कामना भण्डारीका अनुसार कार्यक्रमलाई निरन्तरता दिईने छ। विभिन्न वस्ति र क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्दै कार्यक्रम अघि बढाइने उनले बताइन्।