काठमाडौं - नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६ औँ पटक रक्तदान गरेका छन्। उनी नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्ति हुन्।
उनले सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि १५६ औँ पटकको रक्तदान गरेका हुन्। सो अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले खादा ओढाएर उनलाई सम्मान गरेका थिए।
परोपकार प्रसुती तथा स्त्रीरोग रोग अस्पताल अन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा शाखाका प्रमुख परशुराम दाहालले आफ्नो केन्द्रमा आएर रक्तदान गरेकोमा कर्माचार्यलाई स्वागत गरे।
सो अवसरमा सतकदाताको रुपमा रहेका कर्मचार्यलाई अस्पतालको तर्फबाट प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।