विराटनगर- विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई आज पाँच थान वातानुकूलित यन्त्र प्रदान गरेको छ।
अस्पताललाई प्रदेशको उत्कृष्ट बनाउन आवश्यक सुधारका क्रममा उक्त वातानुकूलित सामग्री प्रदान गरिएको हो। सो अवसरमा महानगरका प्रमुख भीम पराजुलीले सबैको सहयोग रहे अस्पतालले न्यूनतम शुल्कमा प्रदेशका जनतालाई सम्पूर्ण सेवा प्रवाह गर्न सकिने बताए।
उनले अस्पतालमा सबैको पहुँच पुग्ने गरी विकास र चिकित्सकीय सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको विचार व्यक्त गरे। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरलले उक्त वातानुकूलित यन्त्र बुझ्दै सबैले यो अस्पताल मेरो हो भनी काम गर्नसके सेवाको प्रवाह सहजरुपमा प्रदान गर्न सकिने विश्वास व्यक्त गरे। रासस