ललितपुर– सानेपास्थित स्टार अस्पताल र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ ए२, एमडि ३२५, नेपालबीच सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौता पत्रमा अस्पतालका सिओओ डा सन्देश जिसी र लायन्सका तर्फबाट डिस्ट्रीक गभर्नर लायन सुदर्सन धर प्रधानाङ्गले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार स्टार अस्पतालले लायन्स क्लबका सदस्यलाई तथा क्लब सदस्यका परिवारलाई उपचार खर्चमा छुट प्रदान गर्ने छ। छुट सुविधा प्राप्त गर्न क्लबका सदस्यहरुले आधिकारीक परिचय पत्र देखाउनुपर्नेछ। साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए।