धादिङ- धादिङको निलकण्ठ नगरपालिका-५ कोशिखोला लस्करेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। शिविर बुद्ध शान्ति विहारको पाङ्गणमा पुस १४ गते शनिवार हुने छ।
शिविरका संयोजक रमेश ढुंगानाका अनुसार शिविरमा शिविरमा मनमोहन अस्पताल, मोडल अस्पताल, युनिभर्सल डेण्टल अस्पताका वरिष्ठ चिकित्सहरुको उपस्थिति हुनेछन्। शिविरमा स्त्रीरोग, बालरोग, दन्तरोग लगायत अन्य समस्या सम्वन्धी जाँच तथा उपचार हुनेछ।
ढुंगानाका अनुसार गाउँबाट काठमाडौं आएर बसोबास गर्ने क्रियासिल युवाहरुको पहलमा उक्त शिविर गर्न लागिएको हो। उक्त शिविरका लागि डा. रोजन अधिकारी, देवराज बज्राचार्य, लिलाराज बज्राचार्यको समेत सहयोग रहेको उनले जानकारी दिए।