ललितपुर– स्टार हस्पिटल, सानेपा, ललितपुर र नबिल बैंक, काठमाण्डौँ बीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जिसी तथा नबिल बैंकका तर्फबाट बैँकका रिटेल बिजनेश प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार स्टार हस्पिटलले नबिल बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीहरुको परिवारलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिँदै आएको नियमित शुल्कमा आकर्षक छुट प्रदान गर्नेछ। छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैंकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ।
सानेपा रिङ्गरोड चोकमा रहेको अस्पतालले सर्वसुलभ दरमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका व्यवस्थापक हरि ढकाल बताउँछन् । उनी भन्छन्, ‘सेवाग्राहीहरुको स्वास्थ्य प्रति सजग स्टार अस्पतालले अत्याधुनिक उपकरण तथा विशेषज्ञ सेवाहरुको दायरा फराकिलो बनाउँदै सहज रुपमा यथासक्य सहुलियत दरमा विश्वस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्व रहेको छ।’