काठमाडौं– सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपाल (सान)को लुम्बिनी शाखा गठन भएको छ। लुम्बिनी शाखाको अध्यक्षमा डा निलराज शर्मा छन्।
शाखाको उपाध्यक्षमा डा लक्ष्मी पाठक, महासचिवमा डा पवन पुष्प वराल, सहसचिवमा डा रेजिन कुमार उदय र कोषाध्यक्ष डा धिरज केसरी रहेका छन्।
यसैगरी, सदस्यहरुमा डा सुमन बानिया, डा आनन्द अग्रहरी, डा विशेष आनन्द शाक्य, डा मनिषा शाही र डा सन्तोष खनाल छन्।
सल्लाहकारमा डा आरएन खड्गारी, डा रमेश बहादुर राना, डा गौतम रत्न बज्राचार्य र डा युगेश ढुंगाना रहेको महासचिव वरालले जानकारी दिए।