काठमाडौं– विभिन्न स्वास्थ्य संस्थामा रहेका डाक्टर र स्वास्थ्यकर्मी पार्टी विरोधी रहेको भन्दै सरुवा गर्न प्रदेश सांसदले सूची पठाएका छन्। संघीय समाजवादी फोरमबाट प्रदेश नं ५ मा सांसद बनेका सहसराम यादवले उक्त सूची उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई पठाएका हुन्।
उनले २५ जनाको सरुवा सूची पठाएकामध्ये कतिलाई कैफियतमा पार्टी विरोधी र घोर पार्टी विरोधी उल्लेख गरेका छन्। कतिलाई विशेष प्राथमिकतामा राखिएको छ।