काठमाडौं–राष्ट्रिय मिर्गौला सेन्टरले रामेछापको मन्थलीमा नि:शुल्क डायलाइसिस सेवा सुरु गरेको छ।
तामाकोसी सहकारी अस्पतालमा 'मन्थली मिर्गौला सेन्टर' मार्फत ५ ओटा मेसिनबाट डायलाइसिस सेवा सुरु गरेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, महोतरी, धनुषा लगायतका जिल्लाबाट बिरामी सेवा लिन आउने छन्।
चुजी फाउण्डेसनको सहयोगमा सञ्चालित सेवामा थप सुविधाका लागि ओपिडी र अन्य सेवा पनि छिट्टै सुरु गरिने अस्पतालले जनाएको छ।