काठमाडौं – रमेश विकल साहित्य प्रतिष्ठानले रक्तदाता प्रेमसागर कर्माचार्यसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ।
प्रतिषठानले कर्माचार्यलाई रमेश विकल सुशीला समाज सेवा पुरस्कार प्रदान गरेको हो। प्रतिष्ठानले रमेश विकल वाङ्गमय पुरस्कार डा राजेन्द्र विमल, रमेश विकल सृजना पुरस्कार पुरूषोत्तम् सुवेदी, रमेश विकल बालसाहित्य पुरस्कार सुशीला प्रधानाङ्ग, रमेश विकल सुशीला सङ्गघर्षशील नारी सेवा पुरस्कार लक्ष्मी शर्मा र रमेश विकल संगीत पुरस्कार अच्युत राम भण्डारीलाई प्रदान गरेको छ।
उनीहरुलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र प्रसाद अधिकारीले सम्मान गरेका हुन्।
यसैगरी, कर्मचार्यलाई ड्रिमप्वाईन्ट एजुकेसनल ट्रेनिङ्ग इन्स्टिच्युट, रजनिस ट्रेनिङ्ग कन्सल्टटेन्ट प्रालि र सम्भव छ नेपालद्वारा संयुक्तरूपमा 'मातृभूमि सेवा सम्मान-२०७५' समेत प्रदान गरेका छन्।
बागबजारमा आयोजित अर्को एक कार्यक्रममा रक्तदाता कर्माचार्यलाई काठमाडौं महानगरपालिकाकी उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले उक्त सम्मान पत्र प्रदान गरेकी हुन्। कार्यक्रममा कर्मचार्यको तर्फबाट उनकी श्रीमती माया कर्माचार्यले सम्मान ग्रहण गरेकी थिइन्।
सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।