काठमाडौं- नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पत्र प्राप्त स्वदेशी लघुवित्त संस्थाले आफ्नो पाँचौ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
सुनसरी जिल्लाको इटहरीमा केन्द्रिय कार्यलय रहेको संस्थाले सितापाइला शाखामा सोमबार खुल्ला रक्तदान आयोजना गरेको हो। उक्त कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहेको थियो।
संस्थाले इटहरीमा आँखा शिविर र दाङको लमहीमा दन्त शिविर सञ्चालन गरेको छ।
४६ जिल्लमा ७२ शाखा कर्यालय रहेको उक्त संस्थाले देशभरका शाखामार्फत सामुदायिक सेवा प्रदान गरेको हो। समाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक सेवामा विभिन्न कार्यक्रम संस्थाले आयोजना गरेको संस्थाका अनुगमन अधिकृत दिपेन्द्र खतिवडाले जानकारी दिए।