काठमाडौं- कोरोना भाइरसको नमुना परीक्षण नेपालमा नै हुन थालेको छ। परीक्षणका लागि आवश्यक पर्ने केमिकलको व्यवस्थापन भएसँगै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरु भएको हो।
यसअघि भाइरसको परीक्षणको व्यवस्था नहुँदा विदेश पठाउनु पर्ने अवस्था थियो। गत साता कोरोना भाइरसको संक्रमण पुष्टि भएका नेपाली विद्यार्थीको नमुना हङकङमा पठाइएको थियो।
तर, सोमबारबाट टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा नै नमुना परीक्षणको काम सुरुभएको छ। सेवा सुरुभएसँगै कोरोनाको आशंका गरिएका बिरामीको नुमना परीक्षण गर्न थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।
संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप दुई जना उपचाररत छन्। आशंका गरिएका अर्का एक नेपालीमा भने कोरोना संक्रमण नभेटिएपछि डिस्चार्ज गरिएको छ।
यो पनि
कोरोना भाइरस निगरानी : एयरपोर्टमा थर्मल स्क्यानरबाट यात्रुको ज्वरो परीक्षण