अरे किन रिसाउँछस् तँ
कसैले हातै हालेपनि बस्! फिस्स मुस्कान छरिदे
सरकारको जागिर खाको होस् ,सेवा नै धर्म हो
निशुल्क ओखति, पुर्याउन बल नगर, कति माग्छन् झोलि भरिदे
फगतमै गाँईगुई किन हो भाई?
रोजेको ठाउँ ल्याईदेकै छ,थपेर दुई ग्रेड ख्वाईदेकै छ
अरुसँग तुलना किन ?बढुवा तेरो नसिबमा छैन
सेवा पो हो त अनेकन आशहरु किन ?
लुरुलुरु अफिस जा शनिबार नि जाँदा हुन्छ यार तँ त
लोहाकै भईसक्यो होला शरिर
नाङ्गो हात घाउ सिलाकै होलास् बिना कोर्को बिरामि जाँचेकै होलास्
अब फेरी सर्बाङ्ग ढाक्ने महगों न महगों त्यो गर्मि कपडो किन चाहियो?
कुर्सिमै बसेर तलब पचाकै छस् तैट कति र्याल काट्छस यार
नाङ्गो तार त छोको छैनस् नि, कहाँ छ खतरा ? किन जोखिम भत्ता ?
औलो दियो डुडुल्नो निल्ने!बहस नगर, हद पार गर्दैछस्
तँ दुई कौडिको स्वास्थ्यकर्मी! तँ नाथे स्वास्थ्यकर्मी!!
(राजेश तिमल्सिना,हे.अ.,मंगलपुर स्वास्थ्य चौकी,भरतपुर-१६,चितवन)