रहन्छ वृद्धिमा अझै घटेन रोग कोभिड।
निवासभित्र लोक नै डरेर बस्छ योसित।।
शरीरमा घुसे यही विषाणु फैलिने भयो।
पुगेर सासका नली असँख्य वृद्धिमा गयो ।।
स्वदेशमा विदेशमा सुनिन्छ चोकचोकमा।
हजारलाख मर्दछन् छ रोगशोक थोकमा।।
जितेर विश्व मुठ्ठिमा लिनेहरु उदेक छन्।
गरीब देश हामि झैं कहाँ र जित्न सक्दछन्।।
गरीब वाँच्छ के गरी खपेर भोक पेटको ।
कठीनता झनै हुने जहान पाल्न देखियो ।।
न रोजगार पाउने न दाम खल्तिमा रह्यो ।
उमेर वालवृद्धको खराब बन्छ जानियो ।।
मिचेर हातको धुँदै सतर्क बस्नु छुट्ट भै।
नआत्तिनुस् सबैजना बसेर जित्नु वासमै।।
पछाडि मासिनेछ यो रहन्न चीरकालतक्।
हुँदैछ वृद्धिमा कमी विचार्नु देखियो झलक।।
बनेर एक विश्व नै लडेर लाग्नु पर्दछ।
बनाउँ खोप रोगको विषाणुको पछार्दछ।।
वचाउँ वीज सृष्टिको धरा खुबै रमाउँछ।
वजेट स्वास्थ्यमा भए निरोधमा सघाउँछ।।