उनी नर्स हुन्
एउटा रुवाइकाे उत्सवसंगै शिशुलाई आमाकाे काखमा
सुम्पिएर खुसी बढाउने
देहलिला सकिँदाकाे संवेदनालाई सम्हालेर दुनियाँ अडाउने
जिन्दगीका सबै रंगहरु बटुलेर पाेत्ने सजिव चित्रकार
उनी शिशिरकाे पारिलाे घाम जस्तै
उखरमाउलो गर्मीकाे शितल छहारी जस्तै भराेषा हुन्
आज विश्वकाे यस विकराल घडिमा
जसले आशाकाे संचार गरिरहेछन्।
उनी नर्स हुन्।
आँखाले देख्नै नसक्ने भाइरस घातक बनिरहेकाे छ
मान्छेको निद्रा हराइरहेछ,भाेक हराइरहेछ
सन्ताेषले सास फेर्न मुस्किल परिरहेछ
हराइरहेकाे त्यही निद्रा फर्काउन, खुसी फर्काउन
उनीहरु हरदम लागिरहेछन्।
गगनचुम्बी सपनाकाे हुटहुटीमा हाेमिएकाे दुनियाँ
अहिले सबथाेक छाडेर
आफन्त खाेज्दै तड्पिरहेछन्,
साहरा खाेज्दै अत्तालिरहेछन्
याे विरासतमा छटपटिनेहरुलाई आफन्तकाे काखमा पुर्याउन
त्रासदी र पिडामा मल्हम लगाउन
आफ्नै आफन्तबाट टाढा बसेरै
दिन-रात, निद्रा र थकान नभनि
खतरामा आफु हाेमिएर
धेरैकाे भराेषा अड्याउन
दलिन बनेर उभिरहेका छन्
धैर्य, साहस,आशा,चेतना र विश्वासकाे कवज ओढेर
दर्दकाे ओखतीमूलो गरिरहेका छन्
उनी नर्स हुन्।
दुधे बालक घरमा छाडेर
बिरामीकाे कुनै घण्टाकाे औषधी छुट्ला कि भन्दा
आफ्नाे घण्टाैंकाे आहारा छुटेकाे हुन्छ
साहारा छुटेकाे हुन्छ
अनिदा रातहरुका पिरा आँखाहरुमा
बिरामीहरु निकाे भएर हाँस्दै अस्पतालबाट
बिदा भएका बिपना सजाउछन्
घाउकाे दर्द, संक्रमणका किरा, जिन्दगीको तुहाइ
आशाकाे श्राव राेकेर
लगानीकाे फ्याकचरमा जाेडनकाे प्लास्टर गरेर
प्याट्ट फुटेका ऐनाका जस्तै टुक्राहरू जाेडेर फेरि जिन्दगीकाे सग्लाे स्वरुप बनाउन सक्ने कला छ ,सिप छ
उनी नर्स हुन्।
हामी र हामी जस्तै मिलेर
धागाे जस्तै बनेर चुडिन लागेकाे मुटुकाे धड्कनमा
जिवन्त उतारचढाव भरेर
बेसुरा भाकाभित्र आशाकाे सूर मिसाएर
तिमी र तिम्राे परिवारमा
मुर्झाएका रहरहरु काे नयाँ लय भेटाउन
सप्पै दर्दहरु बिलाएर बस् एउटा
सानो सपनाको मिठो बिपना बनाउन
सेतो फूल को जिवन्त सुगन्धको बहार फिजाउँदै छाैं।
हामी नर्स हाैं।
शब्दमा बाेल्नुभन्दा बढि कर्मले बाेलिरहन्छ
नर्स स्वास्थ्यका मुटु हुन्
स्वस्थताकाे साैन्दर्य भरेर हास्न सिकाउछन्
बुवा जस्तै पथ प्रदर्शक, आमा जस्तै मायावी
साथी जस्तै सहयोगी, दाइ जस्तै रक्षक
दिदी झैं शुभचिन्तक, बहिनी झैं चन्चल
भाई जस्तै आड-भरोषा, छिमेकी जस्तै साहरा बनेर
अनेक स्वरुपहरुमा सेवाकाे अनुराग बाँडिरहेछन्
जिउन मात्र हाेइन बाँच्न सिकाउछन्
उनी नर्स हुन्।
अब,
आफू कुर्सिमा अढेस लगााएर
अरुकाे भराेषा भत्काउनेहरु
चर्ह्याएकाे घाउमा मल्हम लगाएर
मन अडाउनेहरुलाई सुन
अरु स्वपनील निद्रामा हराउदा
बिरामीकाे हराएकाे निद्रा फर्काउन, खुशी फर्काउन
रातदिन खटिने सेवकहरु सेवामा रमाएकाे हेर
अस्ति नर्सलाइ सतही दर्जामा आँकलन गर्नेहरु
आज उनकाे त्याग, सेवा र समर्पणमा खुलेर मुस्कुराइरहन्छ
अखवारका मुख्य पृष्ठले नर्सकाे सहयाेगी संवेदना लेखिरहने छन्।
बर्ष २०२० इतिहासमा नर्स र मिडवाइफकाे कालजयी बर्ष बन्ने छ
बर्षकाे मे १२ मा मात्र हाेइन
हर दिन हर घडिकाे १२ मा
तिम्राे लगाव,सद्भाव र प्रेमलाई
हर काेहीले संझिरहने छ।
अन्तरराष्ट्रिय नर्सिङ दिवस २०२० काे सम्पूर्णमा शुभकामना !!
-(कुँवर महाराजगन्ज नर्सिङ क्याम्पसमा बिएनएस दोस्रो बर्षमा अध्ययनरत छिन्)