काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार साँझसम्म १२ हजार १३२ सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा धेरै छ। १२ हजार १ सय ३२ सक्रिय संक्रमितमध्ये प्रदेश २ मा मात्र ४ हजार ७ सय ९० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा बागमती दोस्रो स्थानमा छ। बागमती प्रदेशमा ३ हजार २ सय ७१ जना छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ३ सय ७, प्रदेश ५ मा १ हजार १ सय ९, सुदूरपश्चिममा ९ सय ६१, गण्डकी प्रदेशमा ३ सय ६६ र कर्णाली प्रदेश सबैभन्दा कम ३ सय २८ जना सक्रिय संक्रमित छन्।
नेपालमा शुक्रबार साँझसम्म सक्रिय संक्रमित, निको भएका, मृत्यु भएकासहित जम्मा संक्रमण देखिएको संख्या ३० हजार ४८३ छ। यीमध्ये १३७ जनाको मृत्यु भएको छ भने १८ हजार २१४ जना निको भएका छन्।
जिल्ला अनुसार सक्रिय संक्रमितको संख्या
प्रदेश १
प्रदेशमा १ मा भोजपुरमा सक्रिय संक्रमित शून्य छन् त्यस्तै ताप्लेजुङमा ११, सोलुखुम्बु १, ओखलढुंगा ७, तेह्रथुम ११, पाँचथर ५, इलाम २८, झापा ९४, मोरङ ८५३, सुनसरी २५५, उदयपुर २९, खोटाङ ९, धनकुटा १, शंखुवासभामा ३ जना सक्रिय संक्रमित छन्।
प्रदेश २
प्रदेश २ मा सप्तरीमा २०८, सिराह १५३, धनुषा ४१६, महोतरी ६९८, सर्लाही ६००, रौतहट ९३२, बारा ३८३ र पर्सामा १४०० जना संक्रमित छन्।
बागमती प्रदेश
दोलाखमा १५, सिन्धुपाल्चोक ३९, रसुवा २, धादिङ ४६, नुवाकोट ४५, काठमाडौं २१००, भक्तपुरमा १५५, ललितपुर ३४५, काभ्रेपलान्चोक ५८, रामेछाप २६, सिन्धुली ३९, मकवानपुर २१७ र चितवनमा १८४ जना सक्रिय संक्रमित रहेका छन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा म्याग्दी र मुस्ताङमा सक्रिय संक्रमित शून्य छन्। मनाङमा २, गोरखा ३०, कास्की ११७, लमजुङ १५, तनहुँ ४९, नवलपरासी पुर्व ७२, स्याङजा ३८, पर्वत ९ र बाग्लुङ ३४ जना सक्रिय संक्रमित छन् ।
प्रदेश ५
रुकुम पुर्व २, रोल्पा ७, प्युठान ७७, गुल्मी १७, अर्घाखाँची २३, पाल्पा १३, नवलपरासी पश्चिम ४१, रुपन्देही २८३, कपिलवस्तु २१४, दाङ ८९, बाँके ३११ र बर्दियामा ५८ जना सक्रिय संक्रमित छन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा हुम्लामा सक्रिय संक्रमित शून्य छ। डोल्पामा १, रुकुम पश्चिम ७, मुगु ८, कालीकोट १७, दैलेख ६३, सुर्खेत ७१, जुम्ला ६३, जाजरकोट १८ र सल्यानमा ८० जना सक्रिय संक्रमित छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर ३२, डडेल्धुरा ११, बैतडी ८, दार्चुला ३३, कैलाली १०५, डोटी २१५, बझाङ १८८, बाजुरा १८६ र अछाममा ९५ जना सक्रिय संक्रमित छन्।