काठमाडौं– हालसम्म देशका ६२ जिल्लाका ३ हजार ९ सय ५४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। तीमध्ये २ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको असोज २० गतेसम्मको जानकारी अनुसार सबैभन्दा बढी काठमाडौं जिल्लामा १ हजार ३ सय ९८ स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ।
काठमाडौंबाहेक अन्य ८ जिल्लामा सयभन्दा स्वास्थ्यकर्मी संक्रमित भएका छन्। ललितपुरमा ४२८, चितवनमा ३६३, भक्तपुरमा २११, सुर्खेतमा १९३, बाँकेमा १४३, काभ्रेमा १४२, मोरङमा १५४ र पर्सामा १५३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ।
त्यसबाहेक सुनसरीमा ५७ जना, झापामा २० जना, धनकुटामा ४ जना, उदयपुरमा ४ जना, सप्तरीमा १९ जना, सिराहामा २५ जना, धनुषामा ६२ जना, महोत्तरीमा २५ जना, सर्लाहीमा २२ जना, रौतहटमा १६ जना, बारामा ४८ जना, मकवानपुरमा १६ जना, धादिङमा १९ जना, नुवाकोटमा ३ जना, रामेछापमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ।
यस्तै सिन्धुपाल्चोकमा २ जना, सिन्धुलीमा ११ जना, दोलखामा ३ जना, रसुवामा १ जना, मनाङमा १ जना, पर्वतमा १२ जना, गोरखामा १ जना, लमजुङमा ८ जना, तनहँुमा १२ जना, कास्कीमा १४ जना, बागलुङमा १२ जना, स्याङजामा ४ जना र नवलपरासी पूर्वमा १२ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
त्यसैगरी, कपिलवस्तुमा ५ जना, दाङमा २९ जना, पाल्पामा १८ जना, गुल्मीमा ९ जना, रुपन्देहीमा २ जना, प्युठानमा १५ जना, बर्दियामा १४ जना, नवलपरासी पश्चिममा १८ जना, रोल्पामा २ जना, दैलेखमा १४ जना, जाजरकोटमा ८ जना, जुम्लामा ६६ जना, कालिकोटमा २ जना, सल्यानमा ४ जना, अछाममा ४२ जना, बझाङमा १ जना, बाजुरामा ७ जना, डडेलधुरामा २ जना, दार्चुलामा १ जना, डोटीमा १ जना, कैलालीमा २६ जना र कन्चनपुरमा ६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
तर, हालसम्म कति स्वास्थ्यकर्मी संक्रमणमुक्त भइसकेका छन् भन्ने तथ्यांक भने उपलब्ध छैन।
नेपालमा हालसम्म १ लाख १५ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण देखिसकेको छ। तीमध्ये ६६३ जना संक्रमितको मृत्यु भएको छ। मंगलबार देशभर ३ हजार ५५६ जना संक्रमि थपिएका थिए। जसमा १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
मंगलबार १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढ्दा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ छ।
हालसम्म ७८ हजार ७८० जना व्यक्ति भने संक्रमणमुक्त भइसकेका छन्।