काठमाडौं- तपाईहरु पिसाब जाँच गर्न एक न एक पटक ल्याब जानु भएकै होला। तर के सही तरिकाले पिसाब संकलन गर्नु भयो÷भएन ? यो निकै महत्वपूर्ण कुरा हो।
पिसाबको जाँच धेरै रोगहरुको परीक्षणका लागि गरिन्छ। त्यसको लागि सफा र बिचको पिसाब चाहिन्छ। योनीको वरिपरि भएको सामान्य ब्याक्टेरियाहरुले संक्रमण गर्न दिदैन।
संक्रमण भयो भने पटक÷पटक पिसाब संकलन गर्नुपर्ने र ल्याबमा जानुपर्ने समस्या हुन सक्छ। त्यसैले सही रिपोर्टका लागि सफा र बिचको पिसाब आवश्यक पर्छ।
महिलाहरुले सफा रुपमा पिसाब संकलगन गर्ने तरिका
- साबुन पानीले हात धुने, पखाल्ने र सुकाउने
- योनीको बाहिरी भाग साबुन पानीले वा तरल साबुनमा भिजाइएको सफा गज प्याडले सफा गर्ने
- त्यो भाग पानीले वा भिजेको गज वाइपले राम्रोसँग सफा गर्ने
- पिसाब संकलन गर्दा योनीको बाहिरी भागलाई हातले छुट्याउने
- केही मात्रामा पिसाब फेरिसकेपछि मात्र किटाणु रहित स्वस्थ भाँडामा पिसाब संकलन गर्ने
पुरुषहरुले सफा रुपमा पिसाब संकलन गर्ने तरिका
- साबुन पानीले हात धुने, पखाल्ने र सुकाउने
- लिङ्गलाई पखाल्ने, अगाडिको छालालाई लगेर साबुन पानीले पखाल्ने
- अगाडिको छालालाई पछाडि केही मिलिमिटर पिसाब निस्कन दिने
- केही मात्रामा पिसाब फेरिसकेपछि मात्र किटाणु रहित स्वस्थ भाँडामा पिसाब संकलन गर्ने
(डा गौतम सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन्।)