काठमाडौं- सरकारले फागुन २३ गतेदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइरहेको छ। ६५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाइ खोप लगाउने सरकारको लक्ष्य छ।
दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि सरकारले करिब ६ हजार खोप केन्द्र सञ्चालन गरेको छ। तर खोप लगाउन आउने ज्येष्ठ नागरिकमा द्धिविधा देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला बताउँछन्।
शुक्रराज अस्पतालमा पुग्ने अधिकांश ज्येष्ठ नागरिकमा खोप सम्बन्धी विभिन्न द्धिविधा देखिएको उनको अनुभव छ।
खोप सम्बन्धी उठेका द्धिविधा र जिज्ञासा बारे उनले यस्तो जवाफ दिएका छन्ः
१. एसप्रिन वा क्लोपिलेट खानेले खोप लगाउन हुन्छ की हुँदैन?
- ढुक्क भएर लगाउन मिल्छ।
२. रगतलाई पातलो बनाउने औषधि वारफारिन खानेले खोप लगाउन मिल्छ?
- आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ। खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ।
३. पेनिसिसिलन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
- लगाउन मिल्छ।
४. ४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
- सकिन्छ ।
५. मैले मधुमेहको मुखबाट खाने औषधि र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ?
- मिल्छ।
६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेशन गरेको थिएँ। के खोप लगाउन मिल्छ?
- मिल्छ।
७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेशन भएको थियो। मैले खोप लगाउन मिल्छ?
- मिल्छ।
८. मैले क्यान्सरको केमो सकेको तीन महिना भयो। मैले खोप लगाउन मिल्छ?
- मिल्छ।
९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौँ?
- निर्धक्क खोप लगाउने।
१०. म एचआईभी संक्रमित हुँ। एआरटी खाएको १२ वर्ष भयो। सबै ठिक छ। खोप लगाऊँ की नलगाऊँ?
- लगाउनुपर्छ।
११. मेरो मामाको पेटमा एजुरिजम छ, लगाउन मिल्छ?
- मिल्छ।
१२. मलाई रुघाखोकी लागेको छ। खोप लगाउन मिल्छ?
- कोभिड परीक्षण पहिला गरानुपर्छ। अनि सल्लाह गरौँ।
१३. मेरो बुवा मानसिक रोगको औषधि खाँदै हुनु हुन्छ। खोप लगाउन हुन्छ?
- लगाउन जरुरी छ।
१४. मैले बाथको औषधि खाइरहेको छु। के गरौँ?
- खोप लगाउने।
१५. मलाई कोभिड पोजेटिभ भएको एक महिना भयो। खोप लगाउनुपर्छ अब?
- लगाउनुपर्छ।
१६. मैले प्रोस्टेट सम्बन्धी औषधि खाँदैछु। के गर्ने?
- खोप लगाउने।
१७. मेरो स्पाइनल सम्बन्धी समस्या छ। औषधि पनि खाँदैछु। के गर्ने?
- खोप लगाउने।
१८. मलाई किड्नी सम्बन्धी समस्या छ। औषधि खाँदैछु। खोप लगाउन मिल्छ?
- मिल्छ।
१९. मैले डायलासिस गर्दैछु। के गरौँ?
- खोप लगाउने।
२०. मिर्गौला प्रत्यारोपण गरेको छु। के गर्ने?
- खोप लगाउने।
२१. मलाई रक्त क्यान्सर देखिएको छ। उपचार गराउँदैछु। खोप लगाउन मिल्छ की मिल्दैन?
- आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि चिकित्सकको सल्लाहमा मात्र निर्णय गर्नुपर्छ।
२२. मैले चिल्लो कम गर्ने औषधिको सेवन गर्दैछु। के खोप लगाउन मिल्छ?
- लगाउन मिल्छ।