काठमाडौं- 'मिर्गौला रोग साथमा स्वस्थ जीवन' भन्ने नाराका साथ आज विश्वभर मिर्गौला दिवस मनाइँदै छ। काठमाडौंमा पनि आज विविध कार्यक्रमका साथ दिवस मनाइँदै छ। दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसन्तपुरमा प्रभातफेरी गरिएको छ।
प्रभातफेरीमा चिकित्सक, मिर्गौला बिरामी, स्वास्थ्य मन्त्रालय र माताहतका कार्यालयका कर्मचारी, विद्यार्थी लगायतको सहभागिता थियो।