फेरि आयो कोरोना, भयानक रूप बोकेर,
आतिन्छ मन मानिसको मृत्युदर देखेर।
छाडेन् यस्ले कुनै उमेर समुहलाई,
बक्सिदैन् यस्ले ठुला बडालाई,
अझै पत्ता लाग्या छैन् यस्को औषधि,
नबन्नु है ढुक्क, खोप लगाएको छु भनी।।
फेरि आयो कोरोना, भयानक रूप बोकेर,
आतिन्छ मन मानिसको मृत्युदर देखेर।
खालि छैनन् अब अस्पतालका शय्या यहाँँ,
रित्तिन्दैछन् अक्सिजनका भण्डार हर जहाँँ,
चिनेन् कोरोनाले स्वास्थ्यकर्मीलाई,
च्याप्दैछ मृत्युदरले सिंगो राष्ट्रलाई।।
फेरि आयो कोरोना, भयानक रूप बोकेर,
आतिन्छ मन मानिसको मृत्युदर देखेर।
आफू बचौँ र बचाऊ आफ्ना परिवारलाई,
घरमै सुरक्षित रहौँ केही समयलाई,
नभुलौ मक्स र सेनिटईजर लगाऊन्,
साबुन पानिले हात धुऔं कोरोना भगाऊन्।