म
भगवान् हैन्
न म तिम्रो रक्षकहो
म नि तिमि जस्तै छु
रोग मलाई पनि लाग्छ
ज्यान मेरो पनि जान्छ।
तर,
म बाँच्दा बाँच्दै
तिमी मार्यौ भने
म बाँचेकै अर्थ छैन।
त्यसैले,
म मरे पनि
तिम्लाई बचाउने छु
मलाई रोग लागेपनि
तिम्लाई जोगाउने छु
अरूले तिम्रा साथ छोड्लान्
म समाउने छु।
किनकी,
म डाक्टर हूँ
मलाई रोगको मतलब छैन
मलाई ज्यानको परवाह छैन
म त तिम्रै ज्यान को लागि
हरेक दिन उठ्नै पर्छ
तिम्रा हरेक सासको चाल
ख्याल राख्नै पर्छ।
किनकी,
म डाक्टर हो
आफू मरेपनि
तिम्लाई बचाउनै पर्छ।।