काठमाडौं- कोरोना संक्रमितको उपचार गरिरहेको राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ। आइसीयूमा समेत अक्सिजन अभाव भएपछि आइसीयू इन्चार्ज नर्स कल्पना कटुवाल आफैं दौडिएर अक्सिजन सिलिन्डर लिन तल आकस्मिक कक्ष बाहिर आएकी थिइन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तारान्तर अक्सिजन उपलब्ध गराउन फोन गरिरहेकी थिइन्। अक्सिजन व्यवस्थापनमा स्वास्थ्यकर्मीहरुलाई हम्मेहम्मे परिरहेको थियो।
अस्पतालमा भर्ना भएका १०५ जना कोरोना संक्रमितका लागि अक्सिजन अभाव भएपछि डा पौडेल लगायतको टोली गएराती देखिनै अक्सिजनको खोजिमा थिए।
अस्पतालमा बिहान केही सिलिन्डर अक्सिजन आएपछि आइसीयू इन्चार्ज कटुवाल आइसीयूका बिरामीको जीवन बचाउन दौडेर अस्पताल बाहिर आइपुगेकी हुन्।
तत्कालका केही समयका लागि अस्पतालमा अक्सिजन भएपनि आझै साँझसम्म फेरि समस्या हुने अवस्था छ।
अस्पतालमा एम्बुलेन्समा थप कोरोना संक्रमित उपचारका लागि आइरहेका समेत छन्।
भिडियो