काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले टहरामै बेड थप गरी कोरोना संक्रमितको उपचार शुरु गरेको छ।
नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आकस्मिक सेवा लिन आउने गम्भीर अवस्थाका कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले जस्ताको टहरा मै बेड थप गरी सेवा सञ्चालन गरेको हो। शय्या अभावमा संक्रमितलाई प्लाष्टिकको कुर्सीमा राखेर समेत उपचार सेवा दिइएको छ।
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara7.jpg)
अस्पतालका मेडिकल अफिसर श्रवण कुमार मण्डलका अनुसार अस्पतालको सेतो भवनको देव्रेपट्टि रहेको जस्तामात्र लगाइएको खाली भागबाट सबैतिर टिनले ढाकेर नयाँ बेड राखिएको छ।
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara.jpg)
आकस्मिक सेवा कक्षमा ठाउँ नपुगेपछि अस्पतालले टहरामै १० बेड थप गरेर बिरामीलाई उपचार गरिएको डा मण्डलले जानकारी दिए।
‘बिरामी धेरै आएपछि कुर्सीमै राखेर पनि सेवा दिनुपर्ने अवस्था आयो, आकस्मिक सेवा कक्षभित्र बेड खाली छैन, प्यासेज पनि भरियो,’ उनले भने, ‘आज यता जस्ताले बारेर १०बेड थप गरेका थियौं, यहाँ पनि बिरामीले भरिएका छन्।’
टहरामै थप गरिएको नयाँ बेडहरुमा सबै संक्रमितलाई सिलिण्डर मार्फत अक्सिजन दिइएको उनको भनाइ छ।
शुक्रराज अस्पतालमा अहिले ४० भन्दा बढी कोरोना संक्रमितहरु आकस्मिक सेवा विभागमा उपचाररत छन् । आकस्मिक सेवा कक्षमा बेडहरु नपुगेपछि प्यासेज, तथा आकस्मिक वार्डको बाहिर समेत कुर्सी र भुईमा समेत म्याट ओछ्याएर समेत उपचार सेवा लिइरहेका छन्।
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara4.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara6.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara2.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara10.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara9.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara8.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara1.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara3.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/teku-main.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/bir%20isolation/apf/teku/tahara5.jpg)