तिमीलाई साइनो खै के राखौं,
संसारै बचाएका छौ, तिम्रै भरमा।
महामारी छ, तिमी नभइ हुँदैन मलाई ,
तिम्रै उपस्थितिले हौसला बडेर त गर्छु, बिरामीको भलाई ।।
औषधिले मात्र त के होला र खासमा
तिमी नभै यो मन मान्दैन साथमा।।
तिम्रो मेरो गहिरो सम्बन्धमा, पानी सँगै असिना आए झैं,
किन ल्याउछौ शिरदेखि पाउसम्म पसिना ।।
यो महामारिमा चौबीसै घन्टा तिमी सँगै हुने (नर्स, डा,पारमेडिक्स, सरसफाइकर्मी)को बेथा बुझ्ला कसले, तिमिले त बुझ्दैनौ अरु त सबै हेर्ने दर्सकनै त हुन,
जलेको मन देख्ने कसले।।
त्यसैले त कहिलेकाहीँ तिमिलाई लाग्दैन यो मन हेरिरहन,
परिवेश हेर्छु परिवार सम्झनु, र पो बाध्य छु तिमिलाई पहिरन।।।
र अन्त्यमा
तिम्रो र मेरो यो बेतालको सम्बन्ध छिट्टै अन्त्य होस
मेरो कामना ।।
संसारका हरेक घर घरमा कोभिड-१९ले छाडेको देख्न पाइयोस, शुभकामना।।।
-(ल्याब टेक्निसिएन बास्तोला भरतपुर अस्पताल चितवनमा कार्यरत छन्)