काठमाडौं- कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएको छ।
मंगलबारदेखि जोर–बिजोर नम्बर प्रणालीका आधारमा ठूला (२५ सिट क्षमता माथिका) सार्वजनिक बस सडकमा गुड्ने भएका छन् भने पेशा तथा व्यवसायमा लगाएका अधिकांश प्रतिबन्ध पनि हटेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै उपत्यकाका बजारमा सर्वसाधारणको चहल पहल बढ्न थालेको छ।
सोमबारदेखि नै प्रमुख बजारहरुमा किनमेल गर्नेको घुइँचो लाग्न थालेको छ भने जनस्वास्थ्यका मापदण्डको पालनामा पनि धेरै ध्यान दिइएको पाइएन् ।
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(3).jpg)
सोमबार अपराह्नतिर काठमाडौंको बसन्तपुर, महाबौद्ध र असन बजार पुग्दा किनमेल गर्नेको घुइँचो देखिन्थ्यो। मानिसहरुको भिड थेगिनसक्नु थियो भने धेरै जना मास्क समेत राम्ररी नलगाइ बजारमा हिँडडुल गरिरहेका देखिन्थे।
बसन्तपुरको डबली तथा पाटीहरु सर्वसाधारणले भरिएका थिए। मानिसहरु समूह बनाएर गफमा ब्यस्त भएको देखिए।
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(5).jpg)
काम विशेषले बसन्तपुर पुगेका काठमाडौंको बानेश्वर बस्ने गगन ढुंगानाले अत्यासलाग्दो गरी बजारमा मानिसहरुको भिड बढेको बताए।
‘एउटा जरुरी काम परेर आएको थिएँ, तर यहाँ त अत्यासलाग्दो भिड रहेछ। मानिसहरुले कोरोना सर्छ भनेर त पर्वाह नै गर्न छाडिसकेछन् जस्तो लाग्यो,’ बसन्तपुरमा भेटिएका ढुंगानाले भने।
असन बजारमा भारी बोक्ने काम गर्दै आएका एक मजदुरले भने बजार खुल्दा दैनिकी धान्न सहज हुन्छ कि भन्ने आश जागेको बताए। निषेधाज्ञाका कारण काम नपाउँदा भोकले नै मरिन्छ कि भन्ने चिन्ताले सताएको बताउने उनी बजारमा चहलपहल बढेपछि भने काम पाउने आशमा छन्।
‘मानिसहरुको भिड त बढेको छ। भिड बढेअनुसार काम भने पाइएको छैन। तर, लकडाउन हुँदाको बेलाभन्दा अहिले फाट्टफुट्ट भएपनि काम पाइएको छ,’ हातमा दाम्लो समाएर भारीको प्रतीक्षामा रहेका उनले भने, ‘कोरोना लागे त बाँच्न पनि सकिन्छ होला, हातमुख जोर्न पाइएन भने भोकले त मरिन्छ नि!’
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(1).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(2).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(4).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(6).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(7).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(8).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(9).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(10).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(11).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(12).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(13).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(14).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(15).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(16).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(17).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(18).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(19).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(20).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/beparbaha/vid%20(21).jpg)