काठमाडौं- आजदेखि काठमाडौंमा एक डोज मात्र लगाएपुग्ने कोभिड विरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाउन सुरु गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज यसको सुरुवात गरेका छन्।
![](https://swasthyakhabar.com/uploads/editor/2020-12-31/2%20%282%29.jpg)
प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण तथा अनुगमन गर्नेछन् ।
![](https://swasthyakhabar.com/uploads/editor/2020-12-31/1%20%282%29.jpg)
काठमाडौंका ४४ वटा खोप केन्द्रबाट जोन्सनको खोप लगाइदै छ। जाेन्सनकाे १५ लाख ३४ हजार ४५० डाेज काेभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएकाे हाे।
![](https://swasthyakhabar.com/uploads/editor/1%20%282%29.jpg)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने जनाएको छ।
![](https://swasthyakhabar.com/uploads/editor/2020-12-31/218116509_293462169240837_5315074904471328125_n.jpg)
यस्तै, मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।
![](https://swasthyakhabar.com/uploads/editor/2020-12-31/216400013_1385922128459506_5960172110832904283_n.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2020-12-31/211338182_548606496507834_1696269540638912462_n.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2020-12-31/210077775_353026126197928_3539215454378604261_n.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2020-12-31/213068234_1580872858932900_8603808416756194739_n.jpg)