यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ।
- शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने।
- आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँदा मास्क लगाउने
- आमाले खोक्दा वा हाच्छ्युँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउने
- यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाँडामा राखी चम्चा वा कपबाट खुवाउने।
- संक्रमित आमाको सम्पर्कमा आएको भुईं, सतह तथा सामानहरुलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्ने।
- चिन्ता र तनावले दूध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहने।