काठमाडौं - स्वास्थ्य सेवा विभागले आजदेखि क्यूआर कोड सहितको विद्युतीय खोप पमाणपत्र उपलब्ध गराउन सुरु गरेको छ।
त्यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोष्ट रजिष्ट्रेशन गर्न सकिन्छ।
अनलाइन पोष्ट रजिष्ट्रेशन गर्न असमर्थ व्यक्तिहरुले साउन २१ र २२ गते (आज र भाेली) बिहान १० बजेदेखि ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा उपस्थित भई लिन सकिन्छ।
त्यसका लागि निम्न कागजात आवश्यक पर्छः
- सक्कली राहदानी
-सक्कली खोप कार्ड
-हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १
-राहदानीको फोटोकपी
-खोप कार्डको फोटोकपी
-कबुलियनामा
३ दिनभित्र विदेश जाने व्यक्तिहरुका लागि
-भिसाको फोटोकपी
-टिकटको फोटो कपी
त्यसका थप जानकारी चाहिएमा स्वास्थ्य सेवा विभागले दिपक झालाई ९८४३२८४३५ मा सम्पर्क गर्न सकिने समेत जनाएको छ।