काठमाडौं - कोरोना संक्रमण भई निको भएका मानिसले कोरोना विरुद्धको खोप लगाउन आवश्यक छ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिले नै कोरोना संक्रमण भएर अहिले सन्चो भइसकेकाहरुले पनि कोरोना खोप लगाउन आवश्यक छ। एकपटक कोरोना लागिसकेका व्यक्तिले प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि अहिलेसम्म एकीन गर्न सकिएको छैन। त्यसैले कोरोना लागेर निको भएको एक महिनापछि आफ्नो पालो आएपछि खोप लगाउन आवश्यक छ।